BIZMANDU
www.bizmandu.com

सुनको मूल्य आज स्थिर, चाँदीको भाउ घटेर तोलाको ४ हजार ४१५ रुपैयाँ

२०८३ असोज २०

सुनको मूल्य आज स्थिर, चाँदीको भाउ घटेर तोलाको ४ हजार ४१५ रुपैयाँ
सुनको मूल्य आज स्थिर, चाँदीको भाउ घटेर तोलाको ४ हजार ४१५ रुपैयाँ

काठमाडौं । पछिल्लो केही दिनयता घटिरहेको सुनको मूल्य आज स्थिर रहेको छ।

GBIME
Tata

आज सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँको स्थिर मूल्यमा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा ४०० रुपैयाँ घटेको थियो। आइतबार सुन प्रति तोला २ लाख ९१ हजार ९०० रुपैयाँ थियो।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको कारोबार मूल्य आज प्रति तोला ४ हजार ४१५ रुपैयाँ निर्धारण भएको छ।सोमबार चाँदी  प्रति तोला ४ हजार ४३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस ४१२३.४५ डलर रहेको छ। चाँदी प्रति औंस ६०.५३ डलर छ।