चोलेन्द्र समातिएको सूचना चुहाएको आरोपमा दाहाललाई सोधिएको थियो स्पष्टीकरण, वंशीको जवाफ, ‘आफन्त हुन’

बिजमाण्डू
२०८३ असोज १९ गते २१:१४ | Oct 5, 2026
चोलेन्द्र समातिएको सूचना चुहाएको आरोपमा दाहाललाई सोधिएको थियो स्पष्टीकरण, वंशीको जवाफ, ‘आफन्त हुन’


काठमाडौं। सवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनमा परे। म्याद थप नभए अवकाशको मुखैमा रहेका पौडेल निलम्बनमा पर्नुको कारण पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेट भएको प्रहरी स्रोत बताउँछ।

Vigo
GBIME
Tata

सशस्त्रको सिफारिसमा नै दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको हो।

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेपछि दाहाल उनलाई भेट्न प्रहरी कार्यालय टेकु पुगेको स्रोत बताउँछ। दाहालले भेटेपछि जबरा पक्राउको सूचना बाहिरिएको आरोप लगाइएको छ।

‘चोलेन्द्र पक्राउपछि बिहानै ३ बजे प्रहरी परिसरमा दाहाल भेट्न पुग्नुभएको रहेछ। भेटपछि सूचना बाहिरिएको पाइयो। यही प्रकरणमा उहाँलाई स्‍पष्टीकरण सोधिएको थियो। उहाँले जबरा आफ्नो आपन्त भएको जवाफ दिनुभएको छ। जवाफ चित्तबुझ्दो नभएपछि निलम्बनको सिफारिस भएको हो’, सशस्त्र स्रोतले भन्यो।

दाहालले भेटअघि स्वीकृति नलिएको आरोप पनि सशस्त्रको छ। भेटपछि भने उनले संगठनमा जानकारी गराएको प्रहरी स्रोत बताउँछ।

दाहाल असोज २८ गते अवकाश पाउने लाइनमा छन्। सशस्त्र प्रहरी नियमावली अनुसार उनको पदावधि एक वर्षसम्म थप हुन सक्छ। पदावधि थप नभएमा भने उनले २८ असोजमा अनिवार्य अवकाश पाउनेछन्। सशस्त्रले दाहालको कार्यकाल थपका लागि विगागीय मन्त्रालयलाई सिफारिस समेत गरिसकेको थियो।

गृह मन्त्रालयले दाहालले संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बन भएको जनाएको छ। निलम्बनसँगै दाहालमाथि जाँचबुझका लागि अधिकृत तोकिएको छ। सशस्त्र स्रोतका अनुसार जाँचबुझ अधिकृत एआईजी अञ्जनी कुमार पोखरेल तोकिएका छन्।

भदौ १० गते राति पूर्वप्रधान्यायाधीश जबरा निवासबाटै पक्राउ परेका थिए। प्रहरीले जबरा पक्राउको कारण अहिलेसम्म खुलाउन सकेको छैन। सुरक्षा चुनौती भएको भन्दै नियन्त्रणमा लिइएका जबरालाई भोलिपल्टै परिवारको जिम्मा लगाइएको थियो।