काठमाडौं सुनको मूल्यमा क्रमिक वृद्धि हुँदै तोलाको साढे ९२ हजार रुपैयाँ पुगेको छ। आइतबारको भन्दा तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि थोरै बढेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ भएको छ। आइतबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८१९.०१ डलर र चाँदी प्रतिऔंस २३.०२ डलरमा कारोबार भइरहेको छ।