काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पोलभाडा उठाउने अभियान पनि सफल हुँदै गएको छ। काठमाडौं उपत्यकापछि चितवनका सेवा प्रदायकहरुले पनि धमाधम पोलभाडा सम्झौता गर्न थालेका छन्।
चितवनमा अहिलेसम्म १३ वटा सेवा प्रदायकले करिब ८१ लाख रुपैयाँ बराबरको पोलभाडा सम्झौता गरेको विद्युत प्राधिकरणले जनाएको छ।
चित्रवन युनिक केबल एक्लैले ३० लाख ५५ हजार रुपैयाँ तिरेर पोलभाडा सम्झौता गरेको छ। सुविसु केबल नेटले पनि २२ लाख २४ हजार रुपैयाँ तिरेर पोल भाडा सम्झौता गरेको छ।
चितवनको अन्य कम्पनीहरुले भने २५ हजार देखि ६ लाख ६१ हजार रुपैयाँ सम्म तिरेर पोल भाडा सम्झौता गरेका हुन्।
काठमाडौं उपत्यकामा एनसेल, सिजी नेट लगायतका कम्पनीले पोल भाडा सम्झौता गरेका छन्।