बाढी प्रभावितको राहतका लागि राजी राणाले सरकारलाई दिइन् १ करोड ९ लाख रुपैयाँ



बिजमाण्डू
२०८३ भदौ १२ गते १७:५६ | Aug 28, 2026
बाढी प्रभावितको राहतका लागि राजी राणाले सरकारलाई दिइन् १ करोड ९ लाख रुपैयाँ


काठमाडौं। बाढी प्रभावितका लागि राजी राणाले १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।

Vigo
GBIME
Tata

८७ वर्षीया राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ९ लाख रुपैयाँ सहयोग गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग हो।

व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझेका छन्।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोग गर्ने भएकी छन्। राणाको कार्यालयमा काम गर्ने कर्मचारीले ८० हजार रुपैयाँ सहयोग गरेका छन्।