काठमाडौं। बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १२१ विदेशी पर्यटकको उद्धार गरिएको छ।
सुरक्षाकर्मीले भारतसहित विभिन्न ८ देशका १२१ पर्यटकको उद्धार गरेका हुन्। तीन पर्यटक भने कुन देशका हुन् भन्ने खुल्न बाँकी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै अर्थात ८५ जना भारतका हुन्। यस्तै चीनका १६, दक्षिण कोरियाका ९ तथा अमेरिका, रसिया र इटालीका २/२ जना रहेको बोर्डले जनाएको छ।











