काठमाडौं। इटालीको एक सरकारी निकायले गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट र आइफोन निर्माता एप्पललाई एक करोड युरो (एक अर्ब ३५ करोड रुपैयाँ) जरिवाना गरेको छ।
यी दुवै कम्पनीहरुलाई प्रयोगकर्ताहरुको डेटालाई व्यापारिक प्रयोजनका निम्ति गलत प्रयोग गरेको आरोप लगाउँदै जरिवाना गराइएको छ।
यी दुवै टेक कम्पनीहरुको सेवा लिन प्रयोगकर्ताहरुबाट संकलन र प्रयोग गरिएको डेटा बारे स्पष्ट र समयमै सूचना उपलब्ध नगराएको उक्त निकायले जनाएको छ।
यता गुगल र एप्पलले भने इटालियन निकायले लगाएको आरोपको खण्डन गर्दै पुनरावेदनमा जाने बताएका छन्।
‘जब प्रयोगकर्ताहरुले आफ्नो खाता गुगलसँग जोड्छन्, तब प्रणाली यसरी डिजाइन गरियो डेटा प्रयोगको टर्म्स र कन्डिसन स्वत: स्वीकार्ने बनाइयो,’ इटालियन निकायले भनेको छ।
एप्पलको हकमा भने प्रयोगकर्ताहरुलाई आफ्नो डेटा दिने बारे कुनै छनोट गर्नै नदिएको बताइएको छ। इटालियन निकायले अधिकतम सजाय माग गर्दै जरिवाना गराउने निर्णय गरेको हो। (एजेन्सीको सहयोगमा)