माउन्टेन इनर्जीको खुद नाफा २९ प्रतिशत वृद्धि, कमायो ७९ करोड ७० लाख रुपैयाँ



बिजमाण्डू
२०८३ साउन २६ गते १०:३३ | Aug 11, 2026
माउन्टेन इनर्जीको खुद नाफा २९ प्रतिशत वृद्धि, कमायो ७९ करोड ७० लाख रुपैयाँ


काठमाडौं। माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले मुनाफा वृद्धि गरेको हो।

Tata
GBIME

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६१ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको आम्दानी बढ्दा नाफामा उच्च सुधार देखिएको हो।

दुई आर्थिक वर्षको कम्पनीको वित्तीय अवस्था रुपैयाँमा

सूचक२०८२/८३२०८१/८२फरक %
चुक्ता पुँजी३१२३२५८८५०२६०२७१५७०८२०
रिजर्भ१५८५९४११७११३४४८०८००२१७.९३
कुल आम्दानी१५३३५४३६९२१३०७२४६६१०१७.३१
वित्तीय लागत-२०१९५११५३-२४४३३८५५२
खुद नाफा७९७०४३७५६६१७४७००५८२९.०८
सञ्चालन आम्दानी१००२१२४०९७८९१८३०४५९१२.३७
प्रति सेयर आम्दानी२५.५२१६.८९५१.१
प्रति सेयर नेटवर्थ१५०.७८१४२.२४
स्रोत: कम्पनीको वित्तीय विवरण

विद्युत बिक्रीवापत हुने सञ्चालन आन्दानी गत वर्ष १२.३७ प्रतिशतले बढेर १ अर्ब २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय लागत घटेको छ। बैंकको ब्याजदर घटेर न्यून विन्दुमा आउँदा कम्पनीको वित्तीय लागत घटेको हो।

माउन्टेन इनर्जी नेपालको नाफा वृद्धि हुँदा वित्तीय सूचकहरुमा सुधार देखिएको छ। प्रति सेयर आम्दानी २५.५२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ पुगेको छ।