काठमाडौं। माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले मुनाफा वृद्धि गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६१ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको आम्दानी बढ्दा नाफामा उच्च सुधार देखिएको हो।
दुई आर्थिक वर्षको कम्पनीको वित्तीय अवस्था रुपैयाँमा
| सूचक | २०८२/८३ | २०८१/८२ | फरक % |
| चुक्ता पुँजी | ३१२३२५८८५० | २६०२७१५७०८ | २० |
| रिजर्भ | १५८५९४११७१ | १३४४८०८००२ | १७.९३ |
| कुल आम्दानी | १५३३५४३६९२ | १३०७२४६६१० | १७.३१ |
| वित्तीय लागत | -२०१९५११५३ | -२४४३३८५५२ | – |
| खुद नाफा | ७९७०४३७५६ | ६१७४७००५८ | २९.०८ |
| सञ्चालन आम्दानी | १००२१२४०९७ | ८९१८३०४५९ | १२.३७ |
| प्रति सेयर आम्दानी | २५.५२ | १६.८९ | ५१.१ |
| प्रति सेयर नेटवर्थ | १५०.७८ | १४२.२४ | ६ |
विद्युत बिक्रीवापत हुने सञ्चालन आन्दानी गत वर्ष १२.३७ प्रतिशतले बढेर १ अर्ब २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय लागत घटेको छ। बैंकको ब्याजदर घटेर न्यून विन्दुमा आउँदा कम्पनीको वित्तीय लागत घटेको हो।
माउन्टेन इनर्जी नेपालको नाफा वृद्धि हुँदा वित्तीय सूचकहरुमा सुधार देखिएको छ। प्रति सेयर आम्दानी २५.५२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५०.७८ रुपैयाँ पुगेको छ।