पूर्वका ५ जिल्लामा शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने



बिजमाण्डू
२०८३ साउन २२ गते १३:०८ | Aug 7, 2026
पूर्वका ५ जिल्लामा शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने
फाइल तस्बिर।


भद्रपुर। झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार विद्युत् अवरुद्ध हुने भएको छ।

Tata
GBIME

बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

दुहबी-दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड-इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेसन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको हो।

सबस्टेसन संचालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरी लगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताए। रासस