राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक गरे प्रमाणीकरण



बिजमाण्डू
२०८३ असार ३० गते १७:०३ | Jul 14, 2026
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक गरे प्रमाणीकरण


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति पौडेलले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक मंगलबार प्रमाणीकरण गरेका हुन्।

संघीय संसद्का दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेका थिए।