पूर्वअर्थमन्त्री पौडेलसँग कनेक्सन देखिएका व्यवसायी शशी शर्मा समातिए, कर्जा दुरुपयोगको आरोप



सविन ढकाल
२०८३ असार ३० गते १८:२८ | Jul 14, 2026
पूर्वअर्थमन्त्री पौडेलसँग कनेक्सन देखिएका व्यवसायी शशी शर्मा समातिए, कर्जा दुरुपयोगको आरोप


काठमाडौं। व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले शशीलाई मंगलबार नियन्त्रणमा लिएको हो।

Tata
GBIME
Nepal Life

कर्जा दुरुपयोगको कसुरमा अनुसन्धानका लागि शशीलाई पक्राउ गरेको सीआइबीका एक अधिकृतले बताए।

‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग कनेक्सन देखिएका कारण उहाँलाई पक्राउ गरिएको हो,’ ती अधिकृतले भने।

पूर्वअर्थमन्त्री पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। सम्पति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि छानबिन गर्दै जाँदा उनले व्यवसायी शशीलाई लाभ दिएको तथ्य फेला पारेको थियो।

शशीले रुपन्देहीमा लुम्बिनी एग्रो प्रडक्ट एण्ड रिसर्च सेन्टर चलाउँदै आएका छन्।