काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक मंगलबार प्रमाणीकरण गरेका हुन्।
संघीय संसद्का दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेका थिए।