काठमाडौं । पूर्वाधार समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
इप्पानको २४ औं साधारण सभा तथा ८ औं अधिवेशनमा उनले नीतिगत तहमा सुधार गरिने बताएका हुन्।
‘केही सुधार गर्नु पर्नेछ, हामीलाई सम्झाउनु होला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको छ, हामीलाई भन्नु होला। हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समते दिन सक्छौं,’ उनले भने।
नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री आएको बताउँदै उनले त्यसलाई थप निजी क्षेत्रमैत्री बनाइने समेत बताए।
‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं। हाम्रो लिएको नीति पुरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौं।’











