काठमाडौं। टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकै दिन १ सय ११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ। कोभिड महामारीमा समेत यति धेरै गाडी बिक्री हुनुलाई कम्पनीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ।
सिप्रदीको बिक्री पछिको सेवा पनि उत्कृष्ट छ। यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पुर्याइएको टाटाका गाडीहरुले ग्लोबल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ प्राप्त गरेको छ। टाटाका गाडीहरु सुरक्षित र विश्वसनीय भएकाले ग्राहकहरुको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ।
टाटाको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका छन्। हालै मात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजलाई उपभोक्ताले रुचाएका छन्।