काठमाडौं। एनआइसी एशिया बैंकले भ्यालेन्टाइन डेका अवसरमा मोबाइल बैंकिङ एप मोब्यांकमार्फत कारोबार गर्ने २० जनालाइ सोल्टी होटलमा डिनरको अफर ल्याएको छ।
बैंकका अनुसार मंगलबार, बुधबार र बिहीबार एपबाट कारोबार गर्ने २० जना भाग्यशाली ग्राहकले आफ्नो जोडीसँग सोल्टी होटलमा डिनर गर्न पाउने छन्। बैंकले क्यूआर कोड, बिजुलीको बिल भुक्तानी र मोबाइल टपअप लगायतका जुनसुकै कारोबार गर्ने भाग्यशालीले डिनर कुपन पाउने जनाएको छ।
बैंकले इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने स्पस्ट पारेको छ। बैंकका अनुसार नतिजा फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ।