
काठमाडौ । वर्षाका कारण माग घटेपछि सिमेन्टको भाउ घटेको छ । वर्षातमा पूर्वाधार निर्माणको काम कम हुने भएकोले सिमेन्टको माग घट्छ ।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार एक बोरा सिमेन्टमा ३० रुपैयाँ भन्दा बढीले भाउ घटेको छ । जगदम्बा सिमेन्ट र यसकै अल्ट्रा ब्रान्ड सिमेन्टको मूल्य ३० रुपैयाँ घटेर ६ सय ६० र ७ सय २५ कायम भएको छ । यस्तै आरएमसी सिमेन्टको मूल्य २५ रुपैयाँ घटेर ६ सय २५ कायम भएको छ । शक्तिमान सिमेन्टको मूल्य २५ रुपैयाँ घटेर ६ सय ८० कायम भएको छ ।