BIZMANDU
www.bizmandu.com

निर्माण क्षेत्रमा ‘अफसिजन’, प्रतिबोरा सिमेन्टको भाउ ३० रुपैयाँसम्म घट्यो

२०६९ साउन २२

निर्माण क्षेत्रमा ‘अफसिजन’, प्रतिबोरा सिमेन्टको भाउ ३० रुपैयाँसम्म घट्यो
निर्माण क्षेत्रमा ‘अफसिजन’, प्रतिबोरा सिमेन्टको भाउ ३० रुपैयाँसम्म घट्यो

काठमाडौ । वर्षाका कारण माग घटेपछि सिमेन्टको भाउ घटेको छ । वर्षातमा पूर्वाधार निर्माणको काम कम हुने भएकोले सिमेन्टको माग घट्छ ।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार एक बोरा सिमेन्टमा ३० रुपैयाँ भन्दा बढीले भाउ घटेको छ । जगदम्बा सिमेन्ट र यसकै अल्ट्रा ब्रान्ड सिमेन्टको मूल्य ३० रुपैयाँ घटेर ६ सय ६० र ७ सय २५ कायम भएको छ  । यस्तै आरएमसी सिमेन्टको मूल्य २५ रुपैयाँ घटेर ६ सय २५ कायम भएको छ । शक्तिमान सिमेन्टको मूल्य २५ रुपैयाँ घटेर ६ सय ८० कायम भएको छ ।

Tata
GBIME
Nepal Life