
काठमाडौं । केहीदिनदेखि सुन र चाँदीको भाउ लगातार बढिरहेको छ। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा आज ५०० रुपैयाँले बढेको छ। यस्तै, आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ।
बुधबार सुनको मूल्य प्रति तोला एक लाख ९३ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेर प्रति तोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रति तोला एक लाख ८८ हजार १०० रुपैयाँ रहेको सुन त्यसयता बढ्ने क्रम जारी छ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रति तोला २ हजार ४५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रतिऔंस ३३५१.७६ डलर छ। चाँदी प्रतिऔंस ३४.४२ डलरमा कारोबार भइरहेको छ।