
काठमाडौं। हावाहुरीसहित परेको पानीका कारण उच्च अदालत पोखरामा एक इजलासको सुनुवाइ नै स्थगित भएको छ।
दि फूलबारी लिमिटेड पुनरावेदक पक्ष भई मालपोत कार्यालय विपक्षी रहेको मुद्दा सुनुवाइका क्रममा हावाहुरी र पानी परेपछि इजलास प्रभावित भएको हो।
मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको इजलास पानीका कारण प्रभावित भएको हो। पानीले इजलास प्रभावित भएपछि उक्त इजलासका सबै पेसी स्थगित गर्ने आदेश भएको छ।
