
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट आएको मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो।
निगमले बिहीबार रातिदेखि लागू हुनेगरि मूल्य समायोजन गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १५६ र १५७ रुपैयाँमा कारोबार हुनेछ।
यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। दोस्रो र तेस्रो वर्गमा क्रमशः १४१ र १४२ रुपैयाँमा कारोबार हुनेछ।