BIZMANDU
www.bizmandu.com

हावाहुरी र पानी परेपछि उच्च अदालत पोखरामा मुद्दाको सुनुवाइ नै स्थगित

२०८२ बैशाख ३१

हावाहुरी र पानी परेपछि उच्च अदालत पोखरामा मुद्दाको सुनुवाइ नै स्थगित
sdr


काठमाडौं। हावाहुरीसहित परेको पानीका कारण उच्च अदालत पोखरामा एक इजलासको सुनुवाइ नै स्थगित भएको छ।

Tata
GBIME
NLIC

दि फूलबारी लिमिटेड पुनरावेदक पक्ष भई मालपोत कार्यालय विपक्षी रहेको मुद्दा सुनुवाइका क्रममा हावाहुरी र पानी परेपछि इजलास प्रभावित भएको हो।

मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको इजलास पानीका कारण प्रभावित भएको हो। पानीले इजलास प्रभावित भएपछि उक्त इजलासका सबै पेसी स्थगित गर्ने आदेश भएको छ।