
बिहीबार देशका अधिकांश स्थानमा एकसाथ विद्युत आपूर्ति बन्द भयो। कतपिय ठाउँमा करिब एक घण्टासम्म बिजुली गयो भने कतै बिजुली आउने जाने भयो। नेपाल विद्युत प्राधिकरणले ‘सिस्टम फल्ट’का कारण हिजो यस्तो समस्या उत्पन्न भएको प्रारम्भिक अनुमान गरेको छ।
बिजुली आपूर्तिपमा समस्या आएपछि प्राधिकारणका प्रवन्ध निर्देशक हितेन्द्र शाक्य बिहीबार राति नै स्युचाटारस्थित सबस्टेन कार्यकायल पुगेका थिए। निकै बेर त्यहाँ बसेर उनले बिजुली आउने जाने गरेको समस्याबारे बुझ्ने प्रयास गरेका थिए।
आज बिहान पनि शाक्य प्राधिकरणको टोलीसँगै स्युचाटार पुगेका थिए। सिस्टममा देखिएको समस्याबारे छलफल गर्न उनले आज बिहान प्राधिकरणमा बैठक पनि बोलाएका छन्।
आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा बिहीबार देखिएको समस्याबारे छलफल हुनेछ।