भारत-पाकिस्तान युद्धबारे बोल्यो नेपाल, आफ्नो भूमिमा आतंकवादी गतिविधि हुन नदिने

बिजमाण्डू
२०८२ बैशाख २५ गते १९:३० | May 8, 2025
भारत-पाकिस्तान युद्धबारे बोल्यो नेपाल, आफ्नो भूमिमा आतंकवादी गतिविधि हुन नदिने


काठमाडौं। एक नेपालीसमेतको ज्यान जाने गरी भारतको पहलगाममा भएको आतंककारी आक्रमण र त्यसपछिका घटनालाई लिएर नेपाल सरकारले चिन्ता प्रकट गरेको छ।

Tata
GBIME
NLIC

भारत र पाकिस्तानबीच चर्किंदै गएको तनावको सन्दर्भमा परराष्ट्र मन्त्रालयले बिहीबार औपचारिक धारणा सार्वजनिक गर्दै घटना प्रति चिन्ता व्यक्त गरेको हो।

‘दुःखद घटनामा नेपाल भारतसँग एक साथ उभिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल आतंकवादविरुद्धको लडाईंमा सबैसँग एकजुट भएर उभिन्छ।’

नेपालले आफ्नो भूमिबाट आतंकवादलाई प्रश्रय दिने कुनै पनि गतिविधि हुन नदिने नीति पुनः दोहोर्‍याएको छ।

‘नेपालले आफ्ना छिमेकी देशविरुद्ध हुन सक्ने कुनै पनि गतिविधिलाई आफ्नो भूमिको प्रयोग गर्न दिने छैन। नेपाल क्षेत्रीय तनावलाई शान्त पार्दै दीर्घकालीन शान्ति र स्थायित्वका लागि प्रतिबद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।