
काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र लुम्बिनी विकास बैंकबीच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालनका लागि सम्झौता भएको छ।
लुम्बिनी विकास बैंकले स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा तथा स्मार्ट क्यूआरमार्फत क्यूआर भुक्तानी सेवा सञ्चालनका लागि एससीटीसँग सम्झौता गरेको हो।
सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका तर्फबाट उप प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेको मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
सम्झौतापश्चात लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन्।
साथै लुम्बिनी विकास बैंकमा खाता हुने व्यवसायी तथा व्यापारीले स्मार्ट क्यूआरमार्फत विभिन्न मोबाइल बैंकिङ तथा मोबाइल वालेटबाट रकम भुक्तानी लिन पाउनेछन्।