
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सत्तारुढ नेकपा एमालेका सांसदहरुलाई सडकमा लागेको नारा ख्याल गर्न आग्रह गरेकी छन्।
उनले सवमबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदलाई लक्षित गर्दै सडकमा ‘…चोर देश छोड’को नारा लागिरहेको भन्दै समयमै कमजोरी सुधार गर्न आग्रह गरिन्।
‘उता कुनाबाट जिन्दावाद मुर्दावाद भनेको सुनें। कालो कालो टोपी लगाएको एकजना चस्मा लगाउनेले भनेको जस्तो लाग्छ। मैले त उहाँको नाम पनि बिर्सें। बाहिर गएर जनतालाई हेर्नुहोस्। के भन्दैछन्? चाहे स्वदेशमा होस् चाहे विदेशमा कुनि के के चोर देश छोड भन्छन्। मुर्दावादाको नारा लागिराख्या छ,’ उनले भनिन्, ‘तपाइँहरुलाई चेत आओस्। अहिलेसम्म चेत खुलेको छैन। कहिले खुल्छ? तपाइँहरुलाई चेत खुल्दा धेरै ढिला नहोस्।’
त्यसअघि एमाले सांसद सूर्य थापाले राप्रपाका सांसदहरुलाई राजसंस्था ब्युँतिने सपना नदेख्न आग्रह गरेका थिए।