
काठमाडौं। सरकारले सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा गरेको हो।
अहिले सवारीसाधनमा युरो-३ मापदण्ड लागू छ। सरकारले लामो समयदेखि युरो-६ मापदण्ड लागू गर्ने बताउँदै आएपनि त्यो गफमा सीमित भएको छ।