BIZMANDU
www.bizmandu.com

सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा सरकारले फेरि दोहोर्‍यायो

२०८२ बैशाख १९

सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा सरकारले फेरि दोहोर्‍यायो
सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा सरकारले फेरि दोहोर्‍यायो


काठमाडौं। सरकारले सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा गरेको छ।

Tata
GBIME
NLIC

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत सवारीसाधनको मापदण्ड स्तरोन्नति गर्ने घोषणा गरेको हो।

अहिले सवारीसाधनमा युरो-३ मापदण्ड लागू छ। सरकारले लामो समयदेखि युरो-६ मापदण्ड लागू गर्ने बताउँदै आएपनि त्यो गफमा सीमित भएको छ।