सरकारले सञ्चालनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल, ‘रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ’

बिजमाण्डू
२०८२ बैशाख १८ गते ११:१८ | May 1, 2025
सरकारले सञ्चालनमा ल्यायो ‘श्रमसंसार’ पोर्टल, ‘रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ’


काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमसंसार पोर्टल’ सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले ‘श्रमसंसार पोर्टल’ सञ्चालनमा ल्याएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पोर्टलको शुभारम्भ गरे।

मन्त्रालयका अनुसार श्रमसंसार श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो। पोर्टलबाट सरकारी तथा निजी क्षेत्रमा खुलेका रोजगारीका अवसर जानकारी पाइनेछ।

प्रधानमन्त्री ओलीले पोर्टल सुरु भएसँगै काम र कामदार पाइएन भन्ने समसम्मया समाधानमा सहयोग पुग्ने बताए। ‘एकातिर काम पाइएन भन्ने र अर्कातिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्ने छ,’ उनले भने।

उनले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताए।

‘श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई जनताका घरदैलोमा पुर्‍याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्छ,’ उनले भने।