हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको भाउ, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

बिजमाण्डू
२०८२ बैशाख ५ गते ११:२० | Apr 18, 2025
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको भाउ, प्रति तोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार घटेको छ। सुनको मूल्य प्रति तोला ८०० रुपैयाँ घटेको हो।

Tata
GBIME

शुक्रबारका लागि सुनको भाउ प्रति तोला एक लाख ८९ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन बिहिबार ३ हजार ६०० रुपैयाँले बढेर प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँका दरले कारोबार भएको थियो।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्दा स्थानीय बजारमा प्रभाव परेको हो। प्रति औंस बिहीबार ३३३९.७६ डलर पुगेको सुनको भाउ शुक्रबार ३३१५.१३ डलरमा झरेको छ।

चाँदीको मूल्य स्थिर छ। चाँदी बिहीबार तोलामा ५ रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँ पुगेको थियो।