प्रभावशाली जितका बाबजुद बाहिरियो डर्टमण्ड, हारपछि पनि बार्सिलोना सेमिफाइनलमा

बिजमाण्डू
२०८२ बैशाख ३ गते ०७:०५ | Apr 16, 2025
प्रभावशाली जितका बाबजुद बाहिरियो डर्टमण्ड, हारपछि पनि बार्सिलोना सेमिफाइनलमा
प्रतिस्पर्धामा बार्सिलोना र डर्टमण्डका खेलाडी। तस्बिर: एपी


काठमाडौं। स्पेनिस क्लब बार्सिलोना यूएईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न क्वाटरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग ३-१ गोलले पराजय ब्यहोरेको बार्सिलोना समग्रमा ३-५ को नतिजासँगै सेमिफाइनल पुगेको हो।

Tata
GBIME

यसअघि क्वाटरफाइनलको पहिलो लेगको खेलमा बार्सिलोनाले डर्टमण्डमाथि ४-० गोलको प्रभावशाली जित निकालेको थियो।

गएराति सम्पन्न खेलमा डर्टमण्डका लागि सेरहोउ गुइरासीले ह्याट्रिक पुरा गरे। उनले खेलको ११, ४९ र ७६ औँ मिनेटमा गोल गरे। अर्कोतर्फ रेमी बेन्सेबाइनीले ५४ औँ मिनेटमा गरेको आत्मघाती गोल बार्सलोनाको खातामा एकमात्र गोल रह्यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन इङ्ग्लिस क्लब एस्टोन भिल्लालाई पछि पार्दै सेमिफाइनल पुग्यो। दोस्रो लेगको खेलमा भिल्लाले ३-२ गोलको जित निकाल्यो। यद्यपि पहिलो लेगमा पीएसजी ३-१ गोलका कारण अघि रहेका कारण समग्रमा ५-४ गोलले सेमिफाइनल पुग्यो।

आज राति क्वाटरफाइनलका दोस्रो लेगका थप दुई खेल हुँदैछन्। जसमा रियल मड्रिड र आर्सनल तथा इन्टर मिलान र बायर्न म्युनिख भिड्ने छन्। पहिलो लेगमा इन्टर मिलान २-१ गोलले अघि छ भने आर्सनल ३-० को बलियो स्थितिमा छ।