
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले प्लेअफको सम्भावनालाई जीवित राखेको छ। आज सम्पन्न पहिलो खेलमा एफसी चितवनलाई २-० गोलले हराउँदै काठमाडौंले प्लेअफको सम्भावना जीवितै राखेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेकेरी मानेले ३२ औँ मिनेटमा फ्रिकिकबाट सिधा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। पहिलो हाफमा काठमाडौं एक गोलले अघि रह्यो। दोस्रो हाफमा मोहम्मद बुया टुरेले फ्रिकिकबाट गोल थप्दै अग्रता दोब्बर बनाए। ७२ औँ मिनेटमा उनले रोहन कार्कीको पासमा गोल गरे।
यो जितले काठमाडौंलाई प्लेअफको होडमा कायम राखेको छ। हालसम्म ललिपुर सिटी प्लेअफमा पुग्ने एकमात्र टोली हो।
आजै अर्को खेलमा झापा एफसी र धनगढी एफसी भिड्दैछन्।