यू-१९ विश्वकप छनोट: लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल, ओमनविरुद्ध टस जितेर फिल्डिङमा

बिजमाण्डू
२०८२ बैशाख १ गते ०९:२२ | Apr 14, 2025
यू-१९ विश्वकप छनोट: लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल,  ओमनविरुद्ध टस जितेर फिल्डिङमा
नेपाली टोलीको सेलिब्रेसन। तस्बिर: क्यान


काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले ओमनविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ। आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान नरेन भट्टले टस जितेर ओमनलाई ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME

विश्वकप छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमन गरि पाँच टोली सहभागी छन्। आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्दै विश्वकपको सम्भावनालाई बलियो बनाउन चाहन्छ भने ओमन पहिलो जित निकाल्दै छनोटको होडलाई कायम राख्न चाहन्छ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ५ हराएको थियो भने ओमन अफगानिस्तानसँग ८ पराजित भएको थियो। यूएईविरुद्ध ब्याटिङमा नरेन भट्ट र दिल्साद अली प्रभावशाली हुँदा बलिङमा सन्तोष यादव र अशोक धामी प्रभावकारी भएका थिए। यादव अफगानिस्तानविरुदधको सिरिजका सबै खेलमा उच्च लयमा थिए।

आजै तल्लो मुलपानी मैदानमा हङकङले टस जितेर अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।

नेपालको प्लेइङ ११

नरेन भट्ट (कप्तान), निरज कुमार यादव, अभिषेक तिवारी, दयानन्द मण्डल, शाहील पटेल, रोशन विश्वकर्मा, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव