बलियो अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै नेपाल, सिरिजमा कायम रहन जित आवश्यक

बिजमाण्डू
२०८१ चैत्र २४ गते ०९:१३ | Apr 6, 2025
बलियो अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै नेपाल, सिरिजमा कायम रहन जित आवश्यक
फिल्डिङमा नेपाली टोली। फाइल तस्बिर: क्यान


काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोली अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ। यो अफगानिस्तानविरुद्धको सिरिजको दोस्रो खेल हो।

Tata
GBIME

तीन खेलको सिरिजमा कायम रहन पनि नेपाललाई जितको आवश्यकता हुनेछ। पहिलो खेलमा अफगानिस्तानले नेपाललाई १३० रनको फराकिलो अन्तरले हराएको थियो।

पहिलो खेलमा बलियो ब्याटिङ गरेको अफगानिस्तानमा फैसल सिनोजादा, खालिद अमदजाइ जस्ता प्रभावशाली ब्याट्सम्यान छन्। नेपाली टोलीको ब्याटिङमा निरजकुमार यादव, नरेन भट्ट जस्ता ब्याटर रहने छन्। बलिङमा नेपालका अलराउण्डर अभिषेक तिवारी, सन्तोष यादवजस्ता खेलाडी रहने छन्। नेपाल र अफगानिस्तान दुबे विश्वकप छनोटको तयारीमा छन्। पाँच टोली सम्मिलित विश्वकप छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमन छन्। छनोटका खेल मुलपानीमा यही महिना हुनेछ।   

नेपालको प्लेइङ ११

नरेन भट्ट (कप्तान), निरजकुमार यादव, अभिषेक तिवारी, शाहिल पटेल, किब्रिन श्रेष्ठ, रोशन बिके, दिल्साद अली, दर्स सुनार, अपराजित पौडेल, सन्तोष यादव, विपिन शर्मा