
काठमाडौं। झापा एफसी र काठमाडौं रेजर्स बराबरीमा रोकिएका छन्। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा झापा र काठमाडौं गोलरहित बराबरीमा रोकिएका हुन्।
दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले तुलनात्मक रुपमा धेरै राम्रा अवसरहरु बनाएको थियो। बनाएका सीमित अवसरहरुमा पनि गोल गर्न दुबै टोली चुके।
यी दुबै टोलीको यो लगातार दोस्रो बराबरी हो। काठमाडौं रेजर्सले यसअघि ललितपुर सिटीसँग २-२ गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ झापाले बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
योसँगै अंकतालिकामा यी दुबै टोलीको समान दुई अंक छ। यी दुई टोली तालिकाको चौथो र पाँचौँ स्थानमा छन्। तालिकाको शीर्षस्थानमा ४ अंक बनाएको ललितपुर सिटी छ।
शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिड्नेछन्।