बक्यौता महसुल उठाउन अन्तिमसम्म कुलमानको प्रयास, आयोगलाई सोमबार लेखेका थिए यस्तो पत्र

बिजमाण्डू
२०८१ चैत्र १२ गते २०:३६ | Mar 25, 2025
बक्यौता महसुल उठाउन अन्तिमसम्म कुलमानको प्रयास, आयोगलाई सोमबार लेखेका थिए यस्तो पत्र


काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल उठाउनका लागि उद्योगको लाइन काट्न कुलमान घिसिङले फेरि पनि विद्युत नियमन आयोगलाई पत्र लेखेको पाइएको छ।

Tata
GBIME
NLIC

उनले महसुल उठाउने प्रयोजनका लागि लाइन काट्ने सहमति लिन सोमबार आयोगलाई पत्र लेखेको पाइएको हो। ऊर्जामन्त्री दीपक खड्काले मंसिर २ गते गठन गरेको समितिलाई सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई देखाएर कुलमानले आयोगलाई पत्र लेखेका थिए।

प्राधिकरणले काटेको बिल सच्याउने अधिकारसहित मन्त्रीले गठन गरेको समितिलाई काम गर्न नदिन सर्वोच्चले चैत ३ गते अन्तरिम आदेश दिएको थियो।

आयोगले मन्त्री खड्काले गठन गरेकै समितिलाई देखाएर फागुन ९ गते कुलमानलाई उद्योगको लाइन नकाट्न निर्देशन दिएको थियो।

कुलमानले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महसुल तिर्न नमान्ने उद्योगको लाइन तीन पटक काटेका थिए। उनले तिनै पटक सरकारको निर्देशनका आधारमा लाइन जोडेका थिए।