लखनउलाई १ विकेटले हराउँदै आईपीएलमा दिल्लीको विजयी सुरुवात

बिजमाण्डू
२०८१ चैत्र १२ गते ०५:४१ | Mar 25, 2025
लखनउलाई १ विकेटले हराउँदै आईपीएलमा दिल्लीको विजयी सुरुवात
लखनउका शार्दुल ठाकुरको विकेट सेलिब्रेट गर्दै दिल्लीका खेलाडी। तस्बिर: आईपीएल


काठमाडौं। दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टलाई हराएको छ।  इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्लीले लखनउमाथि १ विकेटको साँघुरो जित निकालेको हो।

Tata
GBIME

रोमाञ्चक खेलमा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनायो। यसका लागि विस्फोटक ब्याटिङ गरेका निकोलस पुरनले ३० बलमा ६ चौका र ७ छक्काको सहायतामा ७५ रन बनाउँदा मिचेल मार्सले ७२ रन बनाए। त्यस्तै डेभिड मिलर २७ रनमा अविजित रहँदा ऐडन मार्क्रमले १५ रन बनाए।

बलिङतर्फ दिल्लीका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिँदा कुलदीप यादवले २ तथा विपराज निगम र मुकेश कुमारले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली क्यापिटलले १९.३ ओभरमा पुगेर ९ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

दिल्लीका लागि आशुतोश शर्माले सर्वाधिक अविजित ६६ रन बनाउँदास्तै विस्फोटक ब्याटिङ गरेका विपराज निगमले १५ बलमा पाँच चौका र दुई छक्काको सहायतामा ३९ रन बनाए। त्यस्तै, तृस्टन स्टुभले ३४, फाफ डुप्लिसिसले २९ र अक्षर पटेलले २२ रनको योगदान दिए।

बलिङतर्फ लखनउका शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्भेस राठी र रवि विश्नोइले समान २ विकेट लिए पनि दिल्लीलाई लक्ष्यमा पुग्न रोक्न सकेनन्। आज हुने खेलमा गुजरात टाइटन्स र पञ्जव किंग्स अहमदाबादमा साँझ पौने ८ बजे भिड्नेछन्।