वीरगंज सुक्खा बन्दरगाहबाट ८ महिनामा ३२ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन

बिजमाण्डू
२०८१ चैत्र १० गते ०९:३३ | Mar 23, 2025
वीरगंज सुक्खा बन्दरगाहबाट ८ महिनामा ३२ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन


वीरगंज । वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Tata
GBIME
NLIC

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ।

कार्यालयले गत साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

यस्तै, गत मंसिरमा ३ अर्ब २२ करोड रुपैयाँ, पुसमा ३ अर्ब ५६ करोड रुपैयाँ, माघमा ४ अर्ब २९ करोड रुपैयाँ र फागुनमा ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्षको ८ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ। रासस