काठमाडौं। रेनल्टले दुर्इ वर्षको अवधिमा २५ सय गाडी बिक्री गरेको छ। रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले आक्रामक बजार रणनीति अवलम्बन गर्दै छोटो समयमा यतिधेरै गाडी बिक्री गरेको हो।
एड्भान्स अटोमोबाइल विशाल समूह अन्तर्गतको कम्पनी हो। नेपालमा बिक्री हुने प्यासेन्जर भेहिकलमा तेस्रो स्थानमा रहेको कम्पनीको दाबी छ। सन् २०१६बाट रेनल्टको गाडी नेपालमा बिक्री सुरु भएको थियो। कम्पनीले शोरुम र सर्भिस सेन्टरमा ठूलो लगानी गर्यो जसको प्रतिफल ग्राहकको रोजार्इमा रेनल्ट परेको थियो। रेनल्टको इन्ट्री लेभलदेखि एसयुभी सेग्मेन्टमा गाडी छन्।
एड्भान्स अटोमोबाइलले २५ सय गाडी बिक्रीको अवसरमा एक कार्यक्रम समेत गर्यो। रेनल्ट इन्डियाका उपाध्यक्ष थोमश डबरुएलले ग्राहकलार्इ कारको साँचो हस्तान्तरण गरे।रेनल्टको डस्टर, क्याप्चर र क्विड गाडी छन्। डबरुएलले नेपाली बजारमा छिट्टै बजारमा रेनल्ट स्थापित ब्राण्ड भएको बताउँदै सुलभ मूल्यमा उत्कृष्ट गाडी बजारमा ल्याउने प्रतिवद्धता समेत जनाए।