असुली सुधार हुँदा सीवाईसी नेपाल लघुवित्तले बढायो नाफा, प्रति सेयर आम्दानी कति?

बिजमाण्डू
२०८१ माघ २३ गते १२:३७ | Feb 5, 2025
असुली सुधार हुँदा सीवाईसी नेपाल लघुवित्तले बढायो नाफा, प्रति सेयर आम्दानी कति?


काठमाडौं। सीवाईसी नेपाल लघुवित्तले नाफा बढाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको नाफा १०४.५८ प्रतिशतले बढेको हो।

Tata
GBIME
NLIC

पुस मसान्तसम्म लघुवित्तले ४ करोड ३१ लाख ६२ हजार खुद नाफा गरेको छ। पोहोर ६ महिनामा लघुवित्तको नाफा २ करोड १० लाख ९७ हजार रुपैयाँ थियो।

ब्याज आम्दानीसहित कम्पनीले प्रोभिजिनङ राइट ब्याक गर्दा नाफा बढेको हो। साथै, लघुवित्त खराब कर्जा घटाउन सफल भएको छ। पोहोर ६ महिनामा ४.७७ प्रतिशत रहेको खराब कर्जा घटेर अहिले ४.३५ प्रतिशतमा झरेको छ।

पुस मसान्तसम्म लघुवित्तले २ करोड ५३ लाख रुपैयाँ नाफा राइट ब्याक गरेको छ। पोहोर ६ महिनामा लघुवित्तले ८ लाख ९५ हजार प्रोभिजनिङ गरेको थियो।

लघुवित्तको ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख पुगेको छ। लघुवित्तको प्रति सेयर आम्दानि र नेटवर्थ बढेको छ। लघुवित्तको प्रति सेयर आम्दानी ३२.४० रुपैयाँ र नेटवर्थ २५१.४० रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा ३ करोड ३६ लाख रुपैयाँ पुगेको छ।