सुनको मूल्य ३०० रुपैयाँ घट्यो, प्रति तोला १ लाख ६० हजार १०० रुपैयाँ पुग्यो

बिजमाण्डू
२०८१ माघ १४ गते १०:४९ | Jan 27, 2025
सुनको मूल्य ३०० रुपैयाँ घट्यो, प्रति तोला १ लाख ६० हजार १०० रुपैयाँ पुग्यो



काठमाडौं । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ। यससँगै सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ६० हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

आइतबार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। सोमबार चाँदी प्रति तोला एक हजार ८५० रुपैयाँमा कायम छ।आइतबार चाँदी तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ८६५ रुपैयाँ भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको सुनको मूल्य पछिल्लो दुई दिन यता सामान्य रुपमा घट्दै गएको छ। सोमबार सुन प्रतिऔंस २७५७.२८ डलर छ। यस्तै, चाँदी प्रतिऔंस ३०.३ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतिऔंस २७७१.७३ डलर र चाँदी प्रतिऔंस ३०.६४ डलर थियो।