सुनचाँदीको मूल्य बढ्यो, सुन प्रति तोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुग्यो

बिजमाण्डू
२०८१ माघ ३ गते ११:०६ | Jan 16, 2025
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रति तोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुग्यो


काठमाडौं। सुनचाँदीको मूल्य पुनः लगातार बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार २ सय रुपैयाँ बढेको छ भने चाँदी ५० रुपैयाँ बढेको छ।

Tata
GBIME
NLIC

बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५६ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबारभन्दा ४ सय रुपैयाँ बढेर बुधबार तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँ भएको थियो।

चाँदीको ५० रुपैयाँ बढेर बिहीबार प्रति तोला १ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। मंगलबारभन्दा १० रुपैयाँ बढ्दा बुधबार तोलाको १ हजार ८ सय ३० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार  सुन प्रति औंस २६७५.३८ डलरले कारोबार भएको सुन बढेर बिहीबार प्रति औंस २६९७.६१ डलर पुगेको छ।

प्रतिऔंस २९.७५ डलर रहेको चाँदी पनि बढेर ३०.६९ डलरले कारोबार भइरहेको छ।