काठमाडौं।कोकाकोलाले ल्याएको स्प्राइटको रिफ्रेस बनायो रिर्चाज गरायो योजनामा ९६ हजार भन्दा बढी उपभोक्ता सहभागी भएका छन्।
कम्पनीका अनुसार १२ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड जितिसकेका छन्।यो योजना अन्तर्गत उपभोक्ताले १० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मको रिचार्ज कार्ड जित्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो साता हाडीगाउँकी निरु कार्की,रानीवन ढुंगेधाराका किस्मत ढकाल,जोरपाटीका सुनिल तामाङ र हाडीगाउँकै खगेन्द्र न्यौपानेले पाँच हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड जितेका छन्।यो योजना पाँच सय एमएल, एक लिटर, साढे एक लिटर र सवा दुर्इ लिटरको स्प्राइट,कोक र फ्यान्टाका बोतलमा मात्रै लागु हुने कम्पनीले जनाएको छ।