काठमाडौं। एनआईसी एसिया बैंकले मोरङ्गको ग्रामथान गाउँपालिकाको लखन्तरीमा आफ्नो ११ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष फुल कुमारी चौधरीले लखन्तरी शाखाको उद्घाटन गरेकी छिन्। उक्त शाखारहित बैंकिङ सेवा संचालनको लागि मनचन चौधरीलाई बैंकको प्रतिनिधि तोकेको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन्।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम लगायतको महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन्।
बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकको वासलातको आकार रू १७३ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू १४८ अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ। हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ।