
काठमाडौं। नेपाल टेलिकमको नेटवर्क डाउन भएको छ। टेलिकमको नेटवर्कमा बिहान ११ बजेदेखि समस्या आएको हो।
सुरुमा फोन नलाग्ने समस्या आएको थियो। केहीबेर अघि फोन लाग्न भनेको थालेको छ। नेटवर्कमा समस्या आएपछि डेट, फाइबर इन्टरनेट, ल्यान्डलाइन सेवा बन्द छ।
टेलिकमका प्रवक्ता हरि ढकालले नेटवर्कमा के कारणले समस्या आएको हो भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको जानकारी दिए।
‘के कारणले समस्या आएको हो हाम्रो प्राविधिक टोलीले हेरिरहेको छ। कारण पत्ता लागेको छैन,’ ढकालले भने।