
काठमाडौं। यो साता सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ। बिहीबार पनि सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ। बुधबार तोलामा ४ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तोलामा १५ रुपैयाँ बढेको चाँदीको भाउ बिहीबार तोलामा ३५ रुपैयाँ घटेको छ। चाँदीको कारोबार मूल्य प्रति तोला १ हजार ९०५ रुपैयाँ कायम छ।
अघिल्लो दिन चाँदी बढेर प्रति तोला १ हजार ९४० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेर प्रति औंस २५६४.४६ डलरमा आइपुगेको छ। बुधबार सुन प्रति औंस २६०६.६७ डलरमा कारोबार भएको थियो। चाँदी प्रति औंस ३०.२२ डलर छ। बुधबार चाँदी थोरै बढ्दा प्रति औंस ३०.९१ डलर थियो।