सुनको मूल्य २४०० घट्यो, कारोबार मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय

बिजमाण्डू
२०८१ कात्तिक २७ गते ११:११ | Nov 12, 2024
सुनको मूल्य २४०० घट्यो, कारोबार मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय


काठमाडौं। साताको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। सोमबारको भन्दा तोलामा २४ सय रुपैयाँ घटेर कारोबार मूल्य प्रति तोला एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

सोमबार एक हजार रुपैयाँले घटेर प्रति तोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। आइबार प्रति तोला एक लाख ६६ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। चाँदी ३० रुपैयाँ घटेर प्रति तोला एक हजार ९ सय २५ रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ घटेर कारोबार मूल्य प्रति तोला एक हजार ९ सय ५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। गत सातासम्म उच्च हुँदै गएको सुनको भाउ यो साता घट्दै प्रति औंस २६१७.५ डलर आइपुगेको छ। सोमबार प्रति औंस २६७०.१६ डलर र आइतबार प्रति औंस २६८४.६४ डलर थियो।

चाँदी प्रति औंस ३०.५८ डलर छ। सोमबार ३१.२१ डलरले कारोबार भएको थियो।