सुनको कारोबार मूल्य एकै दिन तोलामा ४ हजार घट्यो, चाँदी ५५ रुपैयाँ सस्तियो

बिजमाण्डू
२०८१ कात्तिक २२ गते ११:४४ | Nov 7, 2024
सुनको कारोबार मूल्य एकै दिन तोलामा ४ हजार घट्यो, चाँदी ५५ रुपैयाँ सस्तियो


काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा सुन एकै दिन तोलामा ४ हजार रुपैयाँ घटेको छ। बिहीबार कारोबार मूल्य १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

यसअघि ३ सय रुपैयाँ बढ्दा बुधबार सुन प्रति तोला १ लाख ६८ हजार ५ सय रुपैयाँ भएको थियो। लगातार बढेको सुनको मूल्यमा लामो समयपछि यस्तो गिरावट आएको हो। मंगलबार तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।

गत साता सुनको मूल्यले बढोत्तरीको कीर्तिमान कायम गर्दै तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँसम्म पुगेको थियो।

बिहीबार चाँदी पनि घटेर प्रति तोला १ हजार ९ सय ६० रुपैयाँ भएको छ। मंगलबार २ हजार ३० रुपैयाँ पुगेको कारोबार मूल्य बुधबार १५ रुपैयाँ घट्दा तोलाको २ हजार १५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस २६६०.११ डलरले कारोबार भइरहेको छ। बुधबार प्रति औंस २७४१.६८ डलर थियो।

चाँदी ३२.३२ डलरबाट घटेर प्रति औंस ३१.१४ डलर भएको छ।