लक्ष्मी पूजामै हालसम्मको उच्च विन्दुमा पुग्यो सुनको भाउ, प्रति तोला ३०० रुपैयाँ बढ्यो

बिजमाण्डू
२०८१ कात्तिक १५ गते ११:५० | Oct 31, 2024
लक्ष्मी पूजामै हालसम्मको उच्च विन्दुमा पुग्यो सुनको भाउ, प्रति तोला ३०० रुपैयाँ बढ्यो


काठमाडौं। सुनको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ। बुधबार कायम उच्च मूल्यको रेकर्ड बिहिबार तोडिएको छ।

Tata
GBIME

बिहिबार प्रति तोला ३०० रुपैयाँ बढेपछि सुनको भाउमा नयाँ रेकर्ड बनेको हो। नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुनको भाउ प्रति तोला १ लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ।

बुधबार सुन तोलामा २२ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रति तोला १५ रुपैयाँ सस्तिएको हो। चाँदीको भाउ २ हजार ९० रुपैयाँमा आइपुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च हुँदै प्रति औंस २७८४.४५ डलर पुगेको छ। चाँदी प्रति औंस ३३.५५ डलरमा कारोबार भइरहेको छ।