
काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको छ। एक सातादेखि लगातार बढीरहेको सुनको भाउ बिहीबार तोलामा ६०० रुपैयाँ घटेकामा शुक्रबार स्थिर रहेको हो।
सुन बिहिबार प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। चाँदी तोलामा २५ रुपैयाँले सस्तिएको हो। महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रति तोला २ हजार ७० रुपैयाँ निर्धारण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै बढेपनि स्थानीय बजारमा स्थिर रहेको हो। सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रति औंस २७२६.२७ डलर रहेकामा शुक्रबार २७२७.६८ डलरमा कारोबार भइरहेको छ।
चाँदीको भाउ प्रति औंस ३३.९२ डलरबाट ३३.५ डलरमा झरेको छ।